बैतडी जिल्लाकै उच्च चुचुरो मा अवस्थित श्री सिगाश मन्दीर |
Homepage
नेपाल बिबिध जातजाति, कला, धर्म, संस्कृति भेषभुसा, भाषा तथा रितिरिवाज ले भरिपुर्ण र सुसंगठित राज्य हो र संशार कै सबैभन्दा बढी हिन्दु धर्मलाई आत्मसात गर्ने एकमात्र राज्य हो | जहाँ ८०% भन्दा बढी जनसंख्या हिन्दुधर्मावलम्बी रही आएको छ | संशारमा नेपाललाई मन्दिर नै मन्दिर भएको देश भनेर पनि चिनिने गर्छ | नेपालको हरेक क्षेत्रमा, हरेक गाउँ गाउँ हरुमा र घरमा भगवानको स्थापना छ |
नेपाल बिबिध जातजाति, कला, धर्म, संस्कृति भेषभुसा, भाषा तथा रितिरिवाज ले भरिपुर्ण र सुसंगठित राज्य हो र संशार कै सबैभन्दा बढी हिन्दु धर्मलाई आत्मसात गर्ने एकमात्र राज्य हो | जहाँ ८०% भन्दा बढी जनसंख्या हिन्दुधर्मावलम्बी रही आएको छ | संशारमा नेपाललाई मन्दिर नै मन्दिर भएको देश भनेर पनि चिनिने गर्छ | नेपालको हरेक क्षेत्रमा, हरेक गाउँ गाउँ हरुमा र घरमा भगवानको स्थापना छ |
हाम्रो बिस्वाश र धर्म, संस्कृति तथा रीतिरिवाजको रक्षाको लागि र गाउँ देखि राष्ट्र सम्म चुस्त, दुरुस्त राख्न, प्रत्यक व्यक्तिलाई संस्कार को घेरा भित्र राखी समाजलाई बिकृति र कुसंस्कार बाट जोगाउन र मानवीय सदभाव र भावनाको सम्मान गर्ने बिचारलाई निरन्तरता दिनकोलागी धर्मको महत्वपुर्ण भूमिका रहेको हुन्छ | यस अनुसार हामीले आफ्नो परम्परा र इतिहासलाई जोगाउन र सभ्य समाज निर्माणको लागि आफ्ना पायक पर्ने ठाउहरुमा आफ्नो आस्थाको धरोहर स्वरूप विभिन्न मठ मन्दिरहरुको स्थापना गरेका हुन्छौं | र कुनै बिशिस्ठ ठाउँ हरुमा भने पौराणिक कालदेखि नै भगवान को बास रहिआएको भन्ने बिस्वासका साथ हामी दैनिक मासिक र बार्षिक रुपमा विभिन्न शक्तिपीठ हरुमा भक्ति भावका साथ १०औ हजार तथा लाखौं भक्तजन हरु उपस्थित भइ भगवानको आराधना गर्दै आफ्नो मनोकामना पूर्ण होस् भनेर बरदान माग्ने गर्दछन र आफ्नो मनोकामना पूर्णताको लागि भगवान समक्ष भाकल समेत गर्ने गर्दछन र भगवानबाट सो अनुरोध र मनोकामना पुरा हुने जनाबिस्वाश रहिआएको छ |
यस्तै नेपालको विभिन्न राष्ट्रिय शक्तिपीठ तथा संशारकै सम्पदा सुचिमा रहेका हाम्रा आस्थाका केन्द्र भगवान श्री पशुपतिनाथ देखि लिएर नेपालका ठुला धार्मिक स्थलहरु जस्तो सोयम्भु भगवान, लुम्बिनीमा रहेको भगवान गौतम बुद्धको मन्दिर, जनकपुरको जानकी मन्दिर यसैगरी पश्चिमी क्षेत्रमा रहेका डडेल्धुरामा रहेको उग्रतारा, डोटी को शैलेश्वरी, कैलाली कन्चनपुरका विभिन्न धामहरु विभिन्न राष्ट्रिय निकुन्ज हरु तथा संरक्षित क्षेत्र हरु छन् जो संस्कृतिक तथा पर्यटकीय दृष्टिले पनि महत्वपुर्ण छन् | जसबाट हाम्रो संस्कार जोगिएको छ , संस्कृति जोगिएको छ र बिदेशी पर्यटक हरु भ्रमण गर्न आउदा हाम्रो आर्थिक स्थितिमा पनि प्रत्यक्ष सकारात्मक प्रभाव पर्दै आएको छ | जुन नेपालको आर्थिक बिकाशको एक महत्वपूर्ण कडीको रुपमा रहेको पनि सर्बबिदितै छ |
यस्तै एक सुसुप्त अवस्थामा रहेको तर विभिन्न सांस्कृतिक, आर्थिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको महत्वपुर्ण ठाउँ हो - श्री सिगाश धाम बैतडी | जुन चुवागढ़ क्षेत्रको मध्यभागमा रहेको छ र यो अत्यन्तै उच्च सिखरमा रहेको मन्दिर को आफ्नै लामो कालखण्ड देखिको इतिहास र यसप्रति यसक्षेत्रका जनताको गहिरो बिस्वाश रहिआएको यस क्षेत्रमा प्रत्यक बर्ष कार्तिक महिनामा बिशाल मेला लाग्ने गर्दछ र बैतडी बझांग र डोटी बाट समेत भक्तजन मेला भर्न आउने गरेकाछन / यसबेला यो क्षेत्रका देश विदेश तिर गएका ब्यक्तिहरु समेत नबिराई घर आउछन र श्री सिगास महाप्रभु को भक्तिमा समर्पित हुन्छन / यो अत्यन्त अग्लो सिखरमा रहेको धाम बाट यो क्षेत्र बाट धेरै टाढा रहेका ठाउँ हरु जस्तो दिपायलको डोटी क्षेत्र, डडेल्धुरा, बझांग, साथै भारतको कुमाउ, गडवाल यानेकि पिथोरागढ़ समेत राम्रो संग देखिन्छ / जसबाट यो प्रस्ट हुन्छ कि एकै ठाउमा गएर थुप्रै ठाउँ हरु देख्न सकिने यो एक अत्यन्त रमणीय ठाउँ बैतडी जिल्लाकै उच्च सिखर हो र धार्मिक तथा पर्यटकीय दृष्टिले एकदमै महत्वपूर्ण छ |
यस क्षेत्र को विकास तथा विस्तार को लागि पहुच वाला ब्यक्ति, यो क्षेत्रका नेताहरु तथा सरकार कसैको पनि उचित ध्यान पर्न नसकेको कारण यो क्षेत्र शुसुप्त र सिमित अवस्थामा रहेको छ | यसको बिकाश तथा बिस्तारको लागि पहुँच हुने वाला ब्यक्तिहरुले आफ्नो सिमित स्वार्थलाई मात्रै नहेरी सामाजिक तथा राष्ट्रिय स्वार्थलाई मध्यनजर गरि अगाडी बढेमा यो क्षेत्र को विकास सहजै हुनेछ र यो क्षेत्रका जनताहरुको जीवनमा आर्थिक तथा बैचारिक रुपमा कायापलट हुने निश्चित छ / तर बिडम्बना के छ भने चुवागढ बासी हरुको सदियौंदेखि को सपना लाइ तुषारापात गर्दै चुवागढ़ क्षेत्र को बिशिस्ठ धर्मक्षेत्र तथा पर्यटकीय क्षेत्र लाई नजरअन्दाज गर्दै अर्कै बाटो बाट चुवागढ़ सडक लाई यो क्षेत्रमा पुग्न नदिने चेस्टा भैरहेको कुरा सुन्नमा आएको छ / यदी यो कुरा साचो हो भने २-४ परिवारको लागि त सुबिधा होला तर सम्पूर्ण चुवागढ़ बासीको आस्थाको धरोहर श्रीसिगास धाम को बिकाशलाई १०० औं वर्ष पछाडी धकेलिनुका साथै चुवागढ़ी जनताको बिकाशको सपना माथि तुषारापात हुनेछ / तेसैले सबैको बुद्धि फिरोस भन्ने कामना पनि गर्दछौ /
सयौं बर्ष भन्दा पहिले देखिको इतिहास बोकेको यस क्षेत्रको इतिहास बारे तपाई पाठकहरुको राय, सुझाब , प्रतिकृया तथा श्री सिगाश धाम को इतिहास लाई बुझेका र जानेका आमा बुवा, हजुरबुवा, शिक्षक-विद्यार्थी साथीहरु तथा सम्पूर्ण समाजसेवी मन हरुलाई यो ब्लग मा आफ्नो धारणा तथा अर्ति उपदेशहरु राख्नको लागि अनुरोध गर्दछु / साथै हजुरका सुझाब हरु पोस्ट गर्नको लागि निम्न इमेल ठेगाना र मोबाइल नम्बर प्रयोग गर्न सक्नुहुनेछ /
इमेल:-sigash_shivdham@gmail.com
मोबाइल:- ९७४१४१५५५४/ 9741415554
हजुरको एक सुझाब ले र एक पोस्ट तथा अनुच्छेद ले श्री सिगाश महाप्रभुको तथा यस क्षेत्रको बिकाश मा ठुलो योगदान हुने छ /
यसका साथै हामी चुवागढ़ क्षेत्र भित्र चर्चामा रहेका चौखाम, शिवलिङ्ग, थालाकंडा, dhungadh, सिगाश, शिखरपुर लगायत सम्पूर्ण बैतडी र सुदुरपस्चिम मै रहेका देव भुमि तथा पर्यटकीय क्षेत्रको बारेमा चर्चा गरि नै रहने छौ, जुन हजुरहरु सबैको सहयोग ले मात्रै सम्भव हुनेछ र सदा हजुरहरुको साथ पाई रहनेछु भन्ने आशाका साथ Shree Sigash ShivDham Chuwagadh Baitadi को नयाँ अफिसियल Facebook FanPage मा गइ पोस्ट, प्रतिकृया, सुझाब र लाइक तथा कमेन्ट गर्नुहोला भन्न चाहन्छु | उपयुक्त पोस्टको लागि तपाई हाम्रै फेसबुक पेज सधै खुल्ला रहनेछ |
यो ब्लग केवल यसक्षेत्र प्रतिका तपाइहरुका धारणा हरु पब्लिश गर्न, यस क्षेत्र लाइ सम्पूर्ण माझ चिनाउन र यसको महिमा बिस्तारको लागि केहि सहयोग पुगोस भन्ने धेय ले मात्रै सिर्जना गरेको हुँ, यदी हजुरहरु को निरन्तर साथ र बिश्वास पाइराखेमा र आफ्ना क्षेत्र बाट यो क्षेत्रको बिकाश र बिस्तारको लागि आवाज बुलन्द गरेमा र आवश्यक परेमा यो सूचना प्रबिधि को युगमा म पनि एक सूचना प्रबिधि को विद्यार्थी भएको कारण ले पनि मेरो कर्तव्य सम्झी एक पूर्ण स्तरीय Website बनाइ आफ्नो तर्फबाट तपाईहरुको साथ, सहयोग र सदभाव ले सबै सामु पुर्याउन सहयोग गर्नेछु भन्ने पनि आशा दिलाउन चाहन्छु |
तपाईका स्तरीय पोस्ट हरु तपाई हाम्रै facebook Page:- Shree SigashDham Chuwagadh बैतडी, को वाल मा पोस्ट गर्नुहुनेछ र मैले फिल्टर तथा सुद्धिकरण गरेर यो ब्लग मा राख्ने छु / अन्तमा धार्मिक क्षेत्र बिकाशको लागि बनेको यो ब्लग ले केहि हदसम्म भएपनि यस क्षेत्रको बिकाशको लागि सहयोग गर्नेछ भन्ने आशा गर्दछुं |
No comments:
Post a Comment